7/1/09

दाईजो लिने केटालाई kick out गरौ

- दाईजो खाटमा लाज पचाएर सुत्नेलाई खाट बाट घचाडी दिए कस्तो होला?
- छोरी पनि लिने दाईजो पनि लिने? दुबै हातमा लड्डु? ल हेर कस्तो नामर्दहरु?
- विवाह पछी दुलही ले त नयाँ साथी पाउछिन, कमाउन, मोज गर्न जिन्दगी बाँकी हुन्छ तर बुदेशकाल लागेका बाउ आमालाई खै के त?
- बाबु आमाले मात्रै छोरीको सोच्नु पर्छ भन्ने छैन, छोरीले पनि बाउ आमाको सोच्नु पर्‍यो नि त?
- खाली छोरीले लिने मात्रै, दिने कहिले त?
- अब बाबु आमाले छोरी ज्वाँई लाई दिने होइन छोरी ज्वाँईले चाँही बुढा बा-आमा लाई दिन पर्छ , परी आएको बेला हेरचार गर्न पर्छ।
- तपाईंले भुलबश वा परिबन्धमा परेर दाईजो लिनु भयो होला तर तपाईंले त्यस्को साटो के सेवा गर्न सकिन्छ सोच्नु होला।


असारमा धेरै जनाको लगन गाठो बाधिदै होला। हरेकको जीवनमा यो सबै भन्दा महत्वपूर्ण क्षण हो। मेरो एकजना भतिजि पर्नेको पनि विवाह यही असारमा छ । उनी ईन्जिनियर हुन र उनको विवाह हुन लागेको केटा पनि ईन्जिनियर नै हुन रे। उनको विवाह भन्दा एक महिना अगाडिनै सबै दाईजोले घर भरी भराउ पारी दिए रे। दुलही आउनु अगाडि दाईजो पाएका ज्वाँई त पक्कै मख्ख परे होलान, दुलही सुम्सुमाउनु अघी दाईजो सुम्सुमाउन पाएकाले खुशीको सिमै नहोला तर मेरो नजरमा ति ज्वाँई सधैं तल नै भए।

जती सुकै केटी पक्षका धनी नै किन नहोस आफ्नो गक्ष अनुसार दिदा गार्हो नै हुन्छ। यहाँ दिने भन्दा पनि नराम्रो चलनको उन्मुलन गर्ने कुरा आउछ । आफ्नो मात्रै होइन पुरै समाजको सोच्न पर्छ। धेरै दाईजो लिएर वा दिएर ठुलो मान्छे हुने होइन समाजमा राम्रो काम गरेर ठुलो भैइन्छ भनेर बुझ्न पर्छ। अहिले त विवाह अगाडि केटा र केटी पक्कै भेट हुन्छ पहिले नै केटाले म कुनै पनि किसिमको दाईजो लिन्न र दाईजो लिने भए म विवाह गर्दिन भन्यो भने वाह!! वाह!! कुन चाँही केटीका बुवा आमा दङ्ग नहोलान र?

केटीले पनि प्रस्टै मुख फोर्न पर्‍यो म विवाह गरेर आउँदा दाईजो ल्याउदिन भनेर, यदि यसोभन्दा
अधेरो मुख लगाए भने तेस्ता केटाहरुलाई kick out गर्नै बेश।
तेस्ता हुतिहाराको फेरी अनुहार नहेर्नु नै बेश।
तेस्ता सँग बिहा गर्न भन्दा बुढी कन्या बस्नै बेश।

5/24/09

नेपाली mate हरु मुख नछाडौ, ट्रैनमा सभ्य भाषा बोलौ

अष्ट्रेलिया आयो भन्दैमा जे पायो तेही जहाँ पायो तेही बोल्न पाईन्छ र? याद राख्नुस् तपाईंको भाषा अरुले नि बुझछन्।

८ बर्ष पछि एक जना दाईले आफ्ना बुढा बुवा आमालाई मेल्बर्न घुमाउन बोलाएका थिए कहिले थानकोट नकाटेका बुवा आमा सिधै hongkong हुँदै Melbourne airport आएका बाबुआमाको खुशीको सिमानै थिएन त्यही माथि आफ्नो तीन बर्षको प्यारो नाती हेर्ने खेलाउने सुम्सुमाउने रहर पनि पुरा भएको थियो।

उनिहरुले ठानेको स्वर्ग यही थियो । आफ्नो छोरोको बलबुताले यो बिरानो देशमा घुम्न पाएकोमा बाबुको शिर ठाडो थियो भने आमाको छाती गर्व ले फुलेर चोली को तुना फुत्किनै थालेको थियो।
३ महिनाका लागि आएका ति दाईका बाबु आमासँग बिताउने टाइम धेरै कम थियो त्यसैले बिदाका बेलामा स-परिवार जोल्टिएर घुम्न जाने प्लान गर्थे।

नेपालीहरु धेरै जसो upfield line, coburg, Brunswick, cragiburn line मा बस्ने गर्छन् । ति दाई पनि एक्दिन coburg, Brunswick हुँदै सिटी तिर घुम्न जान लागेका रैछन। त्यो लाइनमा नेपाली धेरै बस्ने हुनाले ट्रैनमा प्रसस्तै नेपाली भेटिन्छ।

बिरानो मुलुकमा अरु नेपाली नानीहरु देखेर बुढा बाउ, आमा पनि दङ्ग पर्दै रैछन। ट्रैन आफ्नै रफ्तारमा हिड्डै थियो, त्यो दाई लाई समस्या त तब परेछ जब अरु नेपाली भाईहरुले ट्रैनमा बोल्न थालेछन।
बोलीनै पिच्छे सार्है तल्लो स्तरको मुख छाडे पछी पर्नु आपत परेछ। आफ्ना आदर्णीय बुवा आमाका अगाडि यस्तो असभ्य भाषा सुन्न पर्दा लाजले पानी पानी भएछन। भर्खर नेपाली बोली सिक्दै गरेको छाउरोले कहाँ तिनीहरुले बोलेको सुनेर टिपी हाल्ला भनेर हत्तनपत्त म्युजिक सुन्ने बाबु भनेर कानमा i-pod ठोसाइ दिएछन।

साच्चै भन्ने हो भने त्यो दाईलाई आँफैलाई लाज लागेछ र तेती बेला कुरा अन्त अन्त लगेर भुलाउन खोजेछन् तर आफ्ना बाउ आमाले त्यस्तो तल्लो स्तरको बोली सुनेर के सोच्नु भयो होला भनेर बडा चिन्तित भएका रैछन।

ति दाई मात्रै होइन म आँफै पनि ट्रैन चढ्दा नेपाली केटाहरुको बोलाई नसुनेको होइन।
आइतबारको दिन थियो म upfield line Train मा चढेको थिए। एक ग्रुप नेपाली केटाहरु थिए। मेरो मुख झट्टै हेर्दा Chinese/ Korean जस्तो देखिने हुनाले होला मेरो अगाडिनै खुब मुख छाडी छाडी कुरा गरे कसम!! भनेको मैले एस्तो भद्दा र तल्लो स्तरको बोली त सुनेकै रैनछु।

मेरो दिमाखले काम गर्न छोड्यो मलाई लाग्यो। हे भगवान छि! छि! धन्नै म अरु कोही भाईबहिनीको अगाडि रैनछु। एक मन त मलाई एक झापड दिउ कि जस्तो नि लाग्यो तर आफु बडो सम्यमित भएर अर्को स्टेसनमा ओर्लेर अर्को डब्बामा चढे।

आफु नेपालमा बस, माइक्रो चढ्दा driver खलासिले पनि तेस्तो तल्लो स्तरमा गिरेर बोलेको सुनेको थिइन। के मेल्बर्नमा आउने भाइहरुको स्तर त्यो भन्दा तल हो?? हाम्रो नेपालको गर्ब गर्ने धरै कुरा छ। हामी मात्रै होइन, सारा संसार ले वाह! वाह! गर्ने चिज हरु छ । यस्तो आँफैमा गर्व बोकेको देशबाट आएका हामीले बिदेशमा आएर जे पायो तेही बोल्दा नेपालीले त सहलान तर जब नेपाली बुझ्ने बिदेशीले सुन्लान तब हामीलाई कती जङ्गली र अस्भ्य भन्लान।

जती जानाले यो ब्लग पढ्नु भएको छ तपाईं आफ्नो कोठा भित्र ढोका लगाएर जती मुख छाडे नि छाडनुस्, जती गाली गरे नि गर्नुस् तर प्लिज ट्रैनमा चाँही सभ्य भाषा प्रयोग गरी दिनुस्।

5/17/09

धर्म शर्म छैन रे, कम्युनिष्ट रे, डार्बिन थ्योरी पो मान्छन रे त

बुढेसकाल लागेछ कि क्या हो आज भोली भगवानलाई खुब सम्झन्छु कहिले काही त लाग्छ आ.. यो सबै positive vibes को लागि हो। कम्से कम भगवानलाई सम्झे पछी मान्छेले नराम्रो कुरा त सोच्दैन, हामी राम्रा राम्रा कुरा सोच्छौ, आफ्ना सपनाका कुरा सुनाउछौ, पुरा गरी दिन सहयोग गर्नुस् भगवान भन्छौ । यस्ले त हामीलाई आशाबादी पो बनाउदो रैछ त्यही आशाको लर्कोमा हाम्रो जीवन बित्छन्।

पहिलो पटक अष्ट्रेलिया आउँदा त झुक्किन्छ नि चाइना पो आए जस्तो लाग्छ। श्याउ श्याउ चाइनीज देखिन्छन् नि। यहाँ आएर मैले पनि अली अली चाइनीज साथी बनाएको छु। फेरी धेरै चाइनीजका जसोको धर्मनै नहुने रैछ धर्म शर्म छैन रे, कम्युनिष्ट रे, डार्बिन थ्योरी पो त मान्छु भन्छन् बा। अब तिनीहरु देवता नमाने पनि तिनका प्रगती देख्यो भने जिल खाइन्छ। तर यिमिङ भन्ने चाइनीज भन्छन् कहिले काही जीवनमा एकदम निराशा आउछ रे कत्ती कुरा अरु सँग बाड्न नमिल्ने हुन्छ रे त्यो बेला मेरो पनि कुनै भगवान भएको भए कम्ती मा उनको सामु दु:ख बिसाउन त पाइन्थ्यो भन्छन्। म सोध्छु जस्तै कस्तो दु:ख भगवानलाई मात्रै भन्न हुने। उनले ठटेउली पाराले भने गर्ल फ्रेन्डले ढोका दि भने।


phillip, me, michael - माइकलको चाइनिज नाम यिमिङ हो तर यहाँ सबैले ईंग्लिश नाम राख्दा रैछन् बोलाउन सजिलो हुन्छ भनेर । चाइनिज नाम सोध्यो भने त बाफरेबाफ कसैकसैको उच्चारण गर्नै गार्हो । फिलिप चाँही डोमेन कम्पनीमा काम गर्छन्

तर उनी साच्चै कुनै धर्म अपनाउने पक्षमा छन। धेरै जसो आजकालका युवा युवतीले Christian धर्म अपनाउछन रे, बिहा चर्चमा गर्न, सेतो गाउन लगाएर लिमोमा चढ्न तर त्यो धर्मको नियम खासै अपनाउदैन रे । त्यसैले यो देखसिकी पनि उनलाई पटक्कै मन परेको रैनछ । कुनै कुनै बुढापाकाको चाइनामा बुद्ध धर्म छ रे त्यो पनि उनलाई खासै मन परेको छैन रे। हिन्दू धर्म चाँही उनका लागि नयाँ रैछ। मैले उनलाई हिन्दू धर्मका बारेमा प्रसस्तै भनेको छु अनी अनगिन्ती लिन्कहरु पनि अनलाइन पढ्न भनेर दिएको छु। हिन्दू धर्म मन पर्‍यो भने उनी लिन्छन रे। बरु हिन्दू धर्म लिन के छ process ह?? त्यो त था मरु नि त :)

5/9/09

म आफुले सकेको गर्छु

ब्लग , फेसबूक, न्युज साइट सबैले आ-आफ्नै अड्कल काटेका छन् । सबै जना एक अर्का लाई वाक्क लाग्ने गरेर दोषारोपण गरिरहेका छन् । परिवर्तन धेरै जसो राम्रोको लागि हुन्छ। अहिले हाम्रो देशमा भैरहेको परिस्थितीमा अरुलाई ठाडे हात नलगाइ आफ्नो तर्फबाट सकेको गर्नु हो।

दरबार हत्याकाण्डकाताका ईन्टरनेट थिएन, आइटिमा काम गर्ने लाई नभै नहुने चिज थियो । तैपनी काम सुचारु रह्यो, हुने भै सक्यो आफ्नो काम सुचारु राख्नुपर्छ है यदी कुनै काम आफुले गर्न सकिन्छ बाँकी नछोड्ने। तेस्तै जन आन्दोलनताका करिब एक महिना काम सुचारु रुपले गर्न सकिएन । सबैजना अफिस जान नसके पनि घर मै बसेर आ- आफ्नो तरिकाले काम गरियो। मेरा साथीहरु भन्थे अब देश नै नरहे के हामी रहन्छौ? काम न साम गोली मारिदिउ भन्थे तर अह आफु जुन ठाउँमा बसेर आफुले जे गर्न सकिन्छ त्यसलाई त्यसै छोड्न हुँदैन। त्यो सानै रुपमा किन नहोस् भन्थे। आजभोलि मलाई अर्चना जि तपाईं त बिदेशिनु भयो तपाईंलाई नेपालको के मतलब भन्छन्। साच्चै त्यस्तो भन्ने मान्छे लाई सफाइ दिइ राख्न पर्छ जस्तो मलाई लाग्दैन किन कि मलाई था छ् म केही उदेश्यका साथ आएको छु र आफ्नो लक्ष्य पुरा भए पछी फर्कने छु।

एकदिन म धेरै देश बिदेश घुमेका बा सँग च्याट गर्दै थिए । अष्ट्रेलियाको सुख सुबिधाका बारेमा गफ दिदै थिए । कहिले काही मलाई लाग्छ म आफ्ना परिवार सँग सार्है फन्टुस् कुरा गर्छु ; ) यहाँ बत्ती कहिले जान्न, पानी सधैं आउछ । पैसा नि खुब कमाइन्छ, घर किन्न सरकारले पैसा दिन्छ, बुढो भए पछी पेन्सन आउछ आदी इत्यादी । मेरा बा ले के सोच्नु भएछ क्यारे धेरै बेर सम्म रिप्लाई गर्नु भएन यसो हेरे मैले धेरै नै टाइप गरी सकेको रैछु। म एक buzz दिन्छु किन किन म च्याटमा रिप्लाई कुरेर धेरै बस्नै सक्दिन।

धेरै बेरमा केही टाईप गरिरहेको जस्तो लाग्यो। म कुरी रहे । उता बाट जवाफ फर्काउनु भयो, पहिला आफ्नो क्यारिएर बनाउनु पर्छ, असल काम गर्नु पर्छ , ईज्जत कमाउनु पर्छ। पैसा, घर-जग्गा भनेका गौण कुरा हुन ति सबै आँफै हुँदै जान्छन भन्नु भयो। म त लाजले भुतुकै भए साच्चै भन्ने हो भने केही जवाफ फर्काउने आट्नै गर्न सकिन तर मलाई भित्र भित्र गर्व लाग्यो मैले असल संस्कार चाँही पक्कै पाइरहेको छु र म जहाँ छु आफुले सकेको पक्कै गर्ने छु।

4/22/09

काँचो कचिलो, पचाउन सजिलो

चाउचाउ
काँचो कचिलो, पचाउन सजिलो
भोली बिहान toilet गर्न सजिलो
नेपालको सबै भन्दा लोकप्रिय
खाना खान दात उदाउनु होस् ।

काचै खानुस वा पकाएर खानुस,
तर पक्कै खानुस् , उपहारको लोभमा
चाउचाउ कम्पनीलाई धनी बनाउनुहोस् ।

अनी साथसाथै
आफ्नो हड्डि नि कम्जोर बनाउनुस्
पेटको पाचन शक्तिनि गुमाउनु होस् ।

I got the related below's post in theprincesdiaries.wordpress.com.

चाउचाउमा उपहार

चाउचाउ खाएँ मैले हिजो
पर्‍यो हिराको हार
धनी हुने सपना मेरो
हुने भयो साकार ।।


चाउचाउमै पर्‍यो मलाई
बुलडग र डाईनो
चाउचाउसित बस्यो मेरो
कहिल्यै नटुटिने साइनो ।।

चाउचाउमै पर्‍यो मलाई
दुई वटा खसी
कुखुरा र नयाँ लुगा
छाने कम्मर कसि ।।

फेरि पनि चाउचाउ खाएँ
लखपति भइयो
पाएको पैसाले
विदेश घुम्न गइयो ।।


चाउचाउमै पर्‍यो मलाई
मोबाईल सेट
खाएँ त्यो दिन
चाउचाउ भर पेट ।।

टि.भि र रेडियोमा
सधैँ मेरो नाम
जता हेर्‍यो त्यतै
बढ्‍यो मेरो शान ।।

उपहार पाउँदा
मख्ख म परेँ
झसँङ्ग भई उठ्‍दा
खाटबाट लडेँ ।।

Related Links:
- Instant Noodles bad for health?
- Instant Noodles can cause Cancer
- it's harmful to eat instant noodles often
- Correct way cooking instant noodles

4/16/09

मैले सपना देखेको छु।

आमा अब मलाई जुठा भाडा माज्न अप्ठेरो लाग्ने छैन।
तिमीलाई हरेक बिहान बेलुका सगाउने (kitchen hand) छु।

दिदी तिमी अब मलाई घर सफा गरेन भनेर कराउने छैनौ।
म त एस्मा पोख्त (cleaning) पो भई सकेको छु।

बुवा तपाईं त जहिले पनि फोहरी भनेर गाली गर्नु हुन्थ्यो नि,
अब त मैले दिन दिनै नुहाउन(shower) सिकेको छु।

छि छि एस्को कोठा हेर त भनेर पाहुना हास्न पाउने छैनन ।
मैले त अब रामरी सफा गर्न (housekeeping) पो जानेको छु।

नेपालमा अब अली अली RAP पनि झार्ने छु।
किनकी मैले थोडा बहुत ईंग्लिश ( hello mite !!) पनि जानेको छु।

पैसा कमाउन खासै गार्हो हुन्न रैछ।
अब त २४ सै घण्टा(back to back) काम गर्न नि जानेको छु।

Girlfriend मोरी छोडेर गए नि पिर छैन ।
अब त अर्की पट्टौन नि जानेकै छु।

नेपालमा जादा कोही हिरो वा मोडेल भन्दा कम देखिने छैन म
किन कि अली अली कपाल पालेको छु, रङाएको छु अनी सानो तिनो ट्याटु नि खोपेकै छु।

छिमेकीहरुले यो आवारा, काम नभएको डुकु लन्ठो भन्न पाउने छैनन्
किन कि अब पोडेको (toilet cleaning) काम गरेर पनि बाउ आमालाइ पाल्ने भएको छु।

धन्न बा आमा बेलैमा रिन धन गरेर बिदेश पठाउनु भएछ।
किन कि दिमाखको बत्ती त यहाँ आएर
पो बालेको छु।

चोरेर खान्न, ढाटेर खान्न,अल्छि हुन्न
असल काम मिहेनत गरेर खान पो जानेको छु ।

Kfc खान्छु mc Donald खान्छु
परी आएमा ढिडो, सातु अनी सिस्नु पनि खान्छु।
पढि सकेर आमा म तिम्रो काखमा निदाउन अनी नेपालमै काम गर्न आउछु।

this one is dedicated to all the student, studying in abroad and to all lovely mothers of nepal.

4/12/09

hope - fresh start new life

4/7/09

काठमाडौंको घर जग्गा मेल्बर्न भन्दा नि महँगो

नेपालमा बस्ने लाई त था नै होला काठमाडौंको घर जग्गाको भाउ कसरी उर्लेको छ भनेर । बिस्व बजारमा मन्दी आइरहे पनि नेपालमा घर जग्गाको भाउले आकाश छोइरहेको छ। साधारण जागिर खाने मान्छेले काठमाडौंमा घर जग्गा जोड्छु भन्ने सपना मै मात्रै सिमित हुने भो। अहिले सुन्नमा आएको छ कि आय स्रोत खुलाउन पर्ने हुँनाले किनबेच कम भएको छ तर मुल्य चाँही घटेको छैन रे।

करिब आठ महिना अघी मेरा आफन्तले घर जग्गा किन्न थालेका थिए म पनि कत्तीनै जाने सुन्ने भएर जग्गा हेर्न गएको थिए । मेरा फेरी पारा नै छुट्टै थियो मज्जाले ठाटिएर हाइ हिल लगाएर गइयो गाडीमा जाने गाडी मै आउने भन्ने हेतुले। हामिलाई पुग्नु थियो भक्तपुर। ललितपुर् हुदै भक्तपुर र भक्तपुर बाट छल्लिदै छल्लिदै NEC College सम्म पुगियो। नेक कलेजबाट नि उतै पुगियो। त्यस पछी हिंड्न पर्ने भो त्याहा बाट कुनै सवारी साधन नजाने भो अहो!!! अब मेरो हाइ हिलको पिडा आँफै गेस गर्नु होला अनी बुझ्नु होला करीब १५ मिनेट हिडियो सानो गोरेटो बाटो , गाल्टाङ गुल्टुङ बाटो । कस्तो सुन्सान कहाँ पो आइयो जस्तो लाग्यो।

हिड्दै जादा डाडो जस्तो ढिस्को आयो त्यहा गाई र बाख्रा चरिरहेका थिए, साना तिना बुट्यान् पनि थिए। भिरालो भिरालो पहाड जस्तो थियो। मेरो जुत्ता खुट्टाबाट हातमा पुगी सकेको थियो। खै जग्गा आएन मेरो प्रश्न तेर्सियो।जग्गा मिलाउने लमिले उज्ज्यालो मुख पार्दै भने यही हो जग्गा

हामि त तीन छक् परेर आफन्त र म त मुख हेरा हेर ग-र्यौ। ए बा ! बा! जग्गा खोइ त यस्को सिमाना खै त? भनेर सोध्यौ । केही न केही को थोत्रो नक्सामा देखाएर यि यही हो नक्सामा देखाएर यो बाटो हो ।यो सिमाना हो भन्छ। यसो डाडोको पर गएर हेर्दा त सिधै भिर थियो। त्यस्तो नि घडेरी रे। जाबो एउटा मकै त उम्रेको छैनकेही न केही को थोत्रो नक्सामा देखाएर यि यही हो नक्सामा देखाएर यो बाटो हो भन्छ । यसो डाडोको पर गएर हेर्दा त सिधै भिर थियो। त्यस्तो नि घडेरी रे। जाबो एउटा मकै त उम्रेको छैन त्यस्तोमा के को घर जस्तो लाग्यो। अझ अचम्म त तब लाग्यो जब मुल्य था पाइयो । आना को १ लाख ६० हजार रे।

Valleyhomes, Nepal, elm type home it costs 1 karod 75 lakh.

ए प्रभु !! रक्षा गर !! भन्दै त्यहाबाट हामी त सुइको ठोक्यौ। कसम !! त्यो दिन पछी मलाई कसैले घर जग्गा हेर्न जाउ भन्यो कि हासो उठ्न लाग्यो। त्यस्को केही महिना पछि म अष्ट्रेलिया आए। ति आफ्न्तले पछी मलाई च्याट्मा सुनाए । थुइकक् त्यो जग्गा लिनु पर्ने रैछ अहिले त आनाको ५ लाख भयो रे।

ए राता मकै भनेको जस्तो भयो। ६-७ महिनामा त्यस्तो बाख्रा चर्ने भिरमा त्यस्तो नाफा देखेर। न बाटो छ, न वर पर घर छ, न केही सवारी साधन सुबिधा छ, न बत्ती को पोल छ, पानीको पाइप छ केही न केही को त्यस्तो बाँदर लड्ने भिरको पैसा उर्लेको देखेर म पर्न सम्म ट्वा: परे नेपालको यस्तो चाल देखेर अष्ट्रेलियामा घरजग्गा किनबेच कस्तो हुदो रैछ भनेर कुत्कुताइ रह्यो।

BAYSWATER, Melbourne, it costs aud$325,000 around 1 karod 79 lakh nepali

यसो ईन्टरनेटमा real estate को साइट हेरेको Melbourne मा नेपाली करिब २ करोडमा सिटीबाट ४० मिनेट drive मा राम्रो राम्रो सुबिधा उक्त घर पाइने रैछ। लौ यो लिन्क हेर्नुस् त। जब कि नेपालको मेन area मा त्यो भन्दा महँगो पर्ने गर्छ अष्ट्रेलियाको डलरको हिसाबमा नेपाली रुपैयाँ ५० गुना सानो छ त्यो हिसाबले त नेपाली ५० हजारमा राम्रो घर आउनु पर्ने हो।

साधारण पाच-दश हजार कमाउनेले करोडौ पैसा कसरी कमाउने, आफ्नो घर जग्गा जोडेर हासी खुशी सुखी बिताउने सपना कहिले साकार पार्ने? जथाभाबी virtual रे रे को भरमा भाउ बडा बड गर्दा नेपालको अर्थतन्त्रमा USA जस्तो भबिस्यमा भयङ्कर प्रभाब पार्न सक्छ। यो बारेमा सबैको ध्यान जावोस। सबै जनाले टाउको छोप्न छाना पाउन। सबैको घर बनाउने बेसिक सपना पुरा हुन सकोस including me :)


A man travels the world over in search of what he needs
and returns home to find it. -George Moore



3/26/09

हल्लै हल्लाले सबै अष्ट्रेलियाका युबती शन्काको घेरामा


म सोची रहेको थियो यो बिषयमा केही लेख्दिन किन कि यो यस्तो सम्बेदनशील बिषय हो जुन कुराको ठोस प्रमाण नभेटी हावा को भरमा लेख्दा आफ्ना घर परिवार, आफन्त र देशलाईनै चिन्तिन बनाउन सक्छ।

जब नेपालमा अष्ट्रेलियामा नेपाली युबतीहरु देह ब्यापारमा लागेको भनेर पत्र पत्रीकामा छापियो। जवान छोरीहरु पढ्न अष्ट्रेलिया पठाएका बाबु आमा र आफ्न्तका मुटुमा ढयाङ्रो ठोकियो । नेपालबाट धेरै जसो छोरी चेलीको घर बाट के हो एस्तो हल्ला सुनिन्छ नि भनेर फोन आयो। देश मात्र नभएर अरु बिदेशबाट पनि आफ्न्तहरुले फोन गरे। यो समाचारले अष्ट्रेलियामा भएका सबै केटीहरु शन्काको घेरामा परे। यहा पनि नेपाली समुहमा खैला बैला मच्चियो । अहो!!! कस्ले यस्तो काम गरेछ ह !!! एस्तो किन राजदूताबास जस्तो ठाउँ बाट यस्तो गरजिम्मेबारी पूर्वक समाचार ठोस प्रमाण नभै नेपाल पुरयायो भनेर हल्ली खल्ली मच्चियो।

खासै भन्ने हो भने नेपाली दुताबासपनी यहाँ छ है भन्ने जब सम्म एस्तो खबर निस्केन यहाँका नेपालीलाई सुइको सम्म थिएन आफ्नो दु:ख त यहाँ आएका नेपालीहरु आँफै सँग छ। नेपाली दूताबासले साधारण इन्फर्मेसन पनि नेपालीको हितमा दिएको पाइदैन। जस्तो मैले ईण्डियन दूताबासको एउटा पत्रीका पढेको थिए जस्मा विद्यार्थीहरुलाई बिभिन्न जानकारी दिएको थियो जस्तै

" ५ बर्ष अघी मेल्बर्न सुरक्षित मानिन्थ्यो तर अहिले विद्यार्थीले अली सचेत हुनु पर्ने भएको छ । राती हिडडुल गर्दा, राती काम बाट फर्कदा laptop, ipod, महँगो मोबाईल , क्रेडिट कार्ड, डेबिट कार्ड र धेरै पैसा नबोकन्ने, सजिलै job कसरी पाउने, job पाउन के के ट्रैनिङ लिने र ट्रैनमा समुहमा चढदा ठुलो ठुलो स्वरले नबोल्ने" आदी इत्यादी जानकारी थियो।

तर खै नेपाली दूताबासले त अहिले नेपालीको हक हितमा सिन्को सम्म भाचेको सुनिएको छैन।

धन्न नेपाली दाजु भाई दिदी बहिनीहरु बहादुर हुनु हुन्छ र जस्तो सुकै दु:ख आए पनि संघर्श गरेर जीवन यापन गरी राख्नु भएको छ।

यदी कोही रहरले नभएर बाध्यताले त्यस्तो पेशामा लागेको छ भने दूताबासले मात्र होइन हामी सबै अष्ट्रेलियामा बसेका नेपाली मिलेर उद्धार गरेर समस्या सुल्झाउन तत्पर हुन पर्छ । बिदेशमा आए पछी हरेक नेपालीहरुले आफ्नो देशको इज्जत काधमा बोकेर हिंडेको हुन्छ र एक नेपालीले गरेको गल्तीले सबै नेपाली र देशकोनै इज्जत खराब पार्न सक्छ। एन आर एन अस्ट्रेलियाले पनि नेपाली महिला विद्यार्थीको सवालमा चलेको हल्ला माथि छानविन गर्ने तयारीमा छ रे अष्ट्रेलियामा बसेका नेपालीहरुले समाचारको बारेमा दुतावासको स्पस्टिकरण माग पनि गरेका छन्।

3/19/09

भगवान तिमीलाई कसरी खुशी पार्ने? कुनै shortcut पो छ कि?

हाम्रो भगवान प्रती आस्था स्वार्थी छ । एक रुपैयाँको ढ्याकले परै बाट भगवानको टाउकोमा ट्वाक्क् हानेर बडा बडा कुरा मागिन्छ। गणेश भगवानको सुड भित्र बासी ठस्स परेको गनाउने लड्डु कोचाएर बडो धर्म कमाए भन्छन । अझै बसन्तपुरको काल भैरबको बडेमाको मुर्तिमा सकी नसकी भर्‍याङमा उक्लेर पेडाले मुखनै ट्याप्प पारीदिएका हुन्छन् । काठमाडौंको गल्लि गल्लिमा मन्दिर अगाडि फोहोरको थुप्रो देखेर त अहो !!! प्रभु कसरी यहाँ बिराजमान हुन सकेका होलान् जस्तो नि लाग्छ।



कहिलेकाही शनिबार मन्दिर गएर टिकासिका लगाइन्थ्यो। भोली पल्ट मुख धोइ ओरी अफिस जादानी निधार त रातै । अफिसमा ल… स्वम्भर गरेर आउनु भयो कि क्या हो भनी साथी भाई जिस्काउथे। त्यो मोरो अखाध्य रङ २ चोटि साबन लाएर धुदा नि नजाने त्यस्ता रङले भगवान कसरी खुशी होलान जस्तो लाग्थ्यो।

मेरो आमा सार्है धर्मात्मा, पूजापाठ मेरो घरमा भई राख्छ। एक चोटि रुद्री लगाउदा म पनि पूजामा बसेकी थिए। ५ जना बाहुन आएका थिए। ति बाउन बाजेले त यहाँ ५ रुपैयाँ चढाउनु। यहाँ १० चढाउनु भनेको सुन्दा मेरो कन्चेट ताती सकेको थियो तर अब किन छुच्ची हुनु भनेर म तेतिबेला चुप लागे।

तर अहिले सम्म पनि त्यो कुरा बिझी रहेको छ। पण्डितहरु पनि अब अली प्रोफेसनल् हुन पर्‍यो आजकालको जमानामा सित्तै कसैले काम गर्दैन। जस्तो मैले १ घण्टा काम गरे भने मैले कती लिने मलाई था हुन्छ तेस्तै पण्डितहरुको पनि association होला नि उनिहरुले फिक्स रेट बनाउनु पर्‍यो। ईच्छा हुनेले बोलाउछन् नहुनेले बोलाउदैनन् तर पूजा गरी रहेको बेला यहाँ ५ यहाँ १० भनेर जजमानको मन खिन्न पार्नु भन्दा स्मार्ट तरिकाले फी लिन राम्रो होला ।

जस्तै:
रुद्री लगएको - १०००
कोटी होम- १ लाख
न्वारन गरेको- ५००
बर्तबन्ध गरेको- ५००
सराध्य गरेको- २००

मैले बुझे अनुसार हिन्दू धर्म को मुल आशय मोक्ष्य पाउनु हो। यो २ किसिमले पाउन सकिन्छ।
१- आद्यात्मिक रुपमा योग, ध्यान र भगवान प्रती लिन भएर
२- समाजमा निस्वार्थ रुपले दिन दुखी र हरेक प्राणी को हित को लागि काम गरेर

तर यो बेढङ्गले लड्डु, पेडा कोचारेर, अक्षता र पैसाले भगवानको टुटुल्को उठ्ने गरेर हानेर मोक्ष्य पाउने त मैले कतै भेटिन। त्यसैले हामी कुनै पनि धर्म मान्छौ भने, त्यो धर्मको मुल मर्म के हो र किन त्यो धर्म अपनाएका छौ र धर्म अनुसार के के गर्नु पर्छ, बेसिक कुरा चाँही था पाउनु पर्छ जस्तो लाग्छ है।

3/7/09

कत्ती दिवस मात्रै मनाउने?


कतिनै ठुलै मेडल जिते जसरी नारी दिवसका शुभकामनाहरु भकाभक ईमेलमा आइ रहेको छ । नारी हुँदैमा दिवस मनाउनु पर्छ र? किन, कसरि मनाउनु पर्ने हो मैले पट्क्कै बुझेको छैन्। अब आफुले गर्दा नारी भएको हो र? बाबु आमाले जन्माए, आफु जन्मियो यस्मा के को हर्ष के हो बिस्मात।

साचै है तपाईहरु रिसाए रिसाउनु, म त यो दिवस मनाउनुको कुनै तुक देख्दिन। नेपालको दुर्गम भन्दा दुर्गम गाउमा म गएको छु। जस्तै सल्यान, जाजरकोट, मुस्ताङ, पर्बत, म्याग्दी, जुम्ला जहाँ पनि घरमा आईमाईकै शासन हुन्छ है । घरको बुढीले भने पछी त्यो फाइनल!! हन् म त बरु कता कता केटा मान्छे पो पिल्सिएको पाउछु। यि नारीहरु पनि अब अल्छि हुन लागे बुढोले पाली हाल्छ नि भनेर धनी बर खोज्ने अनी आफु चाँही केही नगरि दिन भरी टि.भी हेरेर मोज सँग बस्ने दाउ हुन्छन्। तेस्ता लाई के को नारी दिवस नि?? ल्वाप्पा खुवाउन पर्ने!!

खाने मुखलाई जुङ्गाले छेक्दैन भनेको जस्तै घर परिवारको जती नै जिम्मेवारी भए पनि अरु बाहिरी काममा पनि सफल भएको थुप्रै नेपाली आईमाईहरु छन्। लौन सबै नेपाली नारी रणभुमिमा उत्रनु पर्‍यो । हामी पनि सफल नारी मध्य एक बन्न सक्छौ। केही गरेर देखाउन सक्छौ अनी यस्ता उत्सब जती पनि मनाउला।

"Do not wait for leaders; do it alone, person to person." -Mother Teresa

"I'm not afraid of storms, for I'm learning to sail my ship."--Louisa

"I am only one, but still I am one.
I cannot do everything, but still I can do something;
And because I cannot do everything
I will not refuse to do the something that I can do." --Helen Keller


2/24/09

झुपड्पट्टी कुकुरलाई ८ वटा ओस्कर

बिस्वकै धनीहरुको टपटेन लिस्ट हेर्यो भने ४ जना ईण्डियन
पर्छन । लक्ष्मी मित्तल, मुकेश अंबानी, अनिल अंबानी र कुशल पाल सिंह। ईण्डियाले आफुलाई संबृधीतिर लम्केको देखाउन खोज्दा खोज्दै पनि ब्रिटेनका निर्देशक Danny Boyle ले एसियाकै ठुलो झुपड्पट्टी मुम्बाईको झुपड्पट्टी र त्यहाँ बस्ने मनिसको बारेमा फ्लिम बनाएर ८ वटा ओस्कर हात पारि सकेका छन्।

यता मुकेश अंबानिले २७ तले आफ्नो लागि घर बनाउदै गर्दा त्यस्को केही किलो मिटर दुरिमा लाखौं मान्छे बस्ने धरबी झुपड्पट्टी देख्न सकिन्छ र यहि झुपडपट्टिको कथामा बनेको छ slum dog millionaire।

धेरै जसो शहरमा बस्ने र अङ्रेजी जान्नेहरुको बिचारमा आफ्नो देशको बेज्जत गरेको आरोप slumdog millionaire का निर्देशक लाई लगाएका छन् भने झुपड्पट्टीमा बस्नेहरु ओस्कार पाउनुको जित आफ्नै जित भए जस्तै गरेर नाचेको टि.भीमा देखियो। यस्ले गर्दा ईन्डियाले आफुले आफुलाइ कसरी देखाउछन् र बिस्वले यिनीहरुलाई कसरी हेरी राखेको छ भनेर प्रस्ट पार्छ ।

एउटा चाइनिजले आफ्नो phd को लागि रिसर्च गर्दै थिए। उनले अरु देशको तुलनामा ईन्डियाका मान्छेहरु ९०% ले आफ्नो देश प्रती गौरबवान्वित भएको पाएर छक्कै परेछन्।

यो फ्लिमले जित्नु भनेको संसारले आँखा ट्वाल्ल पारेर उनिहरुको समस्या/गरिबिलाई पनि हेर्नु हो। अहिले सम्म बिस्वको अगाडि हिन्दी फिल्ममा राम्रा राम्रा बगैचा, ठुला ठुला महल र ताज महल अगाडि मात्रै नाचेको देखाइको थियो अझै भएन भनेर बुद्ध पनि ईन्डिया मै जन्मेको भनेर पटक पटक ईण्डियन फिल्ममा पनि देखाउन पछी परेनन्। जसरी महात्मा गान्धी, ताज महल, अनिल अंबानी प्रती गौरब गर्छन् तेसै गरेर उनीहरुको गरीबि झुपडपट्टि पनि आत्मसाथ गर्लान त?

2/17/09

विवाहमा आउनु होला, केही नल्याउनु होला, आशिर्बाद दिनु होला, जानु होला

विवाहको लगन धमाधम आउँदैछ। आफन्तको विवाहमा सामेल हुनु सामान्य कुरा हो। कही विवाहमा जान पर्‍योकी धेरै जसोलाइ त बडो टेन्सन् हुन्छ। के लगिदिने कस्तो लगिदिने । खाली हात कसरी लखर लखर जाने आदी इत्यादी। खासमा विवाह भोज आयोजना गर्ने लाई जती टेन्सन हुन्छ। जाने मान्छेलाई के कस्तो उपहार लाने भनेर अलिकती भए नि मानशिक तनाब हुन्छ है। आज भोली त यस्तो खाले कार्ड पनि देखिन्छ है "कृपया जिन्सी सामान नल्याउनु होला।" यस्को मत्लब हामीले बुझ्न पर्‍यो कि नगद लानु परो अब कती नगद दिने हो। खाम बन्दी झन डेन्जर हुन्छ। जती दिए नि था नहुने।

विवाहमा उपहार/दाईजो दिने नि मलाइ त आज भोली वाइहात लाग्छ। यस्ले गर्दा झन् घरमा कलह र काहि काहि त दाइजोले गर्दा आइमाइको ज्याननै पनि गएको सुनिन्छ। सोफा, टि.भी, ओछ्यान, दराज, खाट लिने लाज पचाएका केटाहरु हुन्। आफ्नो औकातले म आँफै जोड्छु भन्न नसकेर ससुरालीको दाईजो सोफामा बस्न कस्तो लाज पनि नलाग्ने होला? जस्तो सुकै धनी केटी पक्ष किन नहोस् दाईजो दिदा मानसिक तथा अर्थिक भार पर्छ। ल दिनै मन लागे आफ्नो बुवा आमाले पछी आफ्नो छोरीलाई सुटुक्क उपहार दिन सक्छन।


ओहो !! हाम्रो नेपालमा त घर कि गृह लक्ष्मी आउनु अगाडि गृह लक्ष्मी दराज आइपुग्छ। जुन केटाले विवाहमा यस्ता सामान लिन्छ उनीहरुले सोच्नु कि आफु तेही दराज , सोफा, कोही कोही त बाइकमा बेचिएको ठान्नु। आफुले जिन्दगीमा केही गर्नै नसक्ने हुतिहारा भएर समाजको अगाडि दाईजो भित्राउनेहरु निच हुन । होइन भने भगवानले बोल्नको लागि मुख दिएका छन। विवाह अगाडिनै केटी पक्षकोमा गएर मलाई दाइजो होइन असल जिबनसाथि मात चाहिएको हो । दाईजोले मेरो आत्मसम्मानमा ठेस पुराउछ भन्दा कुन चाँही छोरीका बाबु आमा खुशी हुन्नन र अहो!!! हुनेवाला ज्वाइसाप् त बडो जाति र बुज्जकि रैछन् है भनेर केटि पक्षका पनि नाक फर्सि जत्रो हुन्छ। कुनै पनि बाबु आमालाइ सामान भन्दा त छोरि नै महत्वपुर्ण हुन्छन् । आफ्नो मुटुको टुक्रालाई अर्काको घरमा पठाउदा यसै त भाव-बिहल भै राखेको हुन्छ। तेही माथि दाईजो उपहारले झन् टेन्सन थपी दिएको हुन्छ।

त्यसैले आजका युवा-युवतिहरुले यो बिषयलाइ गम्भिर रुपले लिनु पर्छ र विवाह गर्दा कुनै किसिमको दाईजो र उपहार नलिएर समाजमा बिध्यमान कुरिती हटाउने सबैले जिम्मा लिनु पर्छ । आखिर ३०० रुपैयाको कप प्लेट सेट ल्याउनु भन्दा चोखो मनले धेरै धेरै आशिर्बाद लाग्छ नि होइन र ? आउने पनि खुशी, पाउने पनि खुशी। समाजमा हामिले ठुला ठुला काम गर्न नसके पनि समाजमा भएका कुरिती नपनाउदा आफ्ना आफ्न्त बिच वाँह वाँह कमाइन्छ। त्यसैले विवाह गर्न ठीक्क पर्नु भएका अथवा विवाहको सोच बनाउनु भएकाले कार्ड मै यस्तो लेख्ने हो कि? कृपया विवाहमा जसरी पनि पाल्नुहोला, उपहार र नगद केही नल्याउनु होला, आशिर्बाद दिनु होला, जानु होला।

- Your Presence Is Gift Enough
- The Best Gift is Your Presence Please, Drive Safely!
- Your Presence is my favorite Gift
- Thank you for the gift of your presence
- People Want Your Presence Not Your Presents
- Just your presence, no gifts

2/6/09

साइकलमा नेपालको झन्डा फरर


each one of us on this earth...

has it the ability to lead and inspire..

२४ बर्षे नेपाली ठिटोले आज नेपालको झन्डा लिएर क्यालिफोर्निया देखी प्याटागोनिया सम्म साइकल चलाऊदै गर्दा नेपाल बेखबर छ। कपाल काट्ने निल डेवीडको एक हप्ते तालिम लिन लण्डन जादा ठुला ठुला न्युज बन्ने ठाउँमा कहिले काही साच्चैनै देशको लागि मरिमेट्ने ओझेलमा पर्छन।

१५- २० बर्ष अमेरिकामा बसेको अङ्रेजी कती झार्ने हुन फेरी आफ्नो भताभुङ्गे कम्प्युटर कोठा देखेर कती हास्ने हुन जस्तो पनि मलाई लाग्दै थियो। यो सबै सोच्नको पछाडि कार्लो ढुंगाना भन्ने वेबसाईट बनाउनको लागि भेट्न मेरो घरमा आउदै थिए ।

मेरो घर आउनको लागि उनलाई लिन म रिङ्ग रोडमा गएको थिए । कार्लो हो भनेर सोधे? हो जेफ म भने मलाइ त कार्लो आउछ भनेको थियो त मैले भने । उनले हाँस्दै भने दुई वटा नै मेरो नाम हो वास्तवमा मेरो ममी/बुवा कार्लो र जेफ भन्ने मान्छे बाट खुब प्रभाबित भएर मेरो नाम पनि उहाहरुको नाम बाट राखेको रे। सानोमा नेपालमै पढ्थे रे साथीहरुले कार्लोलाई जिस्काएर कालो कालो भने रे पछी अमेरिका गएर मुख्य नाम जेफ राखेछन्।


मैले सोचेको बिपरित जेफले यती राम्रो नेपाली बोले कि मैले पत्याउन सकिन। तेत्तिका बर्ष अमेरिका बस्दा पनि मान, मर्यादा, अनुशासन नबिर्सेको देखेर म सार्है प्रभाबित भए। उनी तेती बेला UCLA मा anthropology मा masters गर्दै थिए र उनको थेसिसको लागि नेपाल आएका रैछन। उनको नेपाल प्रती माया मोह देखेर म छक्कै परे। यो केटोले पक्कै केही गर्छ है भनेर लख काटेको थिए पछी तेस्को करीब ६ महिना पछी, दिदी म साइकलमा भ्रमण गर्दैछु भन्ने ईमेल पाए। उनी खासमा पासपोर्ट र नागरिकताले अमेरिकन भई सकेका थिए तर मुटु भरी माया त नेपाल कै थियो । उनले भने दिदी मैले नेपालको झन्डा बोकेर हिडि रहेको छु र नेपालको बारेमा प्रचार गर्दै छु मलाई एउटा com.np domain मिलाइदिनु होला।

म त एक्छिन खङरङ्ग भए किनकि मैले उनी अमेरिकामा भएकोले .us दिएको थिए तर उनले आफु नेपाली भनेर चिनाउदै हिंडेको र .us ले मेरो देश प्रतिनिध्त्व गर्दैन भनेर ईमेल गरे।
केही छिनको लागि मलाई कस्तो कस्तो लाग्यो नेपाली नागरिता छातिमा टासेर आफ्नो देशमा कलह गर्ने, भौतिक सम्रचना बिगार्ने, काम केही नगरि अर्काको मुख ताक्ने र नेपालमै बसेर आफ्नो देशको बदनाम गर्ने मान्छे भन्दा नेपालको झन्डा बोकेर अरु देशमा नेपाल राम्रो छ । नेपाल एकचोटि जानु होला भन्दै हिंड्नेको स्थान मैले केही छिन उचो राखे।

मानिसहरु आफ्नो सुबिधा, परिस्थिति, बाध्यताले गर्दा अर्को देशको नागरिक हुन पुग्छन्। के साच्चै नै एउटा कागजको टुक्रो नागरिताले आफ्नो देश प्रतिको अगाभ मायालाइ छेक्न सक्छ र? यो मान्छे यो देशको भै सक्यो है भनेर ट्याग दिएर ल है यस्को नेपालमा केहि अस्तित्व हुनु हुन्न, गुण गान गाइनु हुन्न भन्दा पनि उसले त्यो देशलाई कति माया गरेको छ, कति योगदान दिएको छ, कति मरिमेटेको छ । यो हेरेर इज्जत दिनु ठिक हुन्छ होला जस्तो मलाइ लाग्छ।

अहिले जेफ साल्टा अर्जेन्टिनामा पुगेका रैछन। उनको भ्रमणको बारेमा उनको ब्लगमा पढ्न सकिन्छ।



dream big, feel it, believe it, achieve it.